Rule 5A
सिग्नल वितरणको लागि अनुमतिपत्र लिनु पर्नेः
कुनै विदेशी प्रसारण; संस्था वा डिजिटल कार्यक्रम उत्पादकले आफ्नो मुलुकबाट प्रसारण गरेको कुनै कार्यक्रम वा डिजिटल कार्यक्रमलाई नेपालमा डाउनलिङ्क गरी प्रसारण गराउन चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुमतिपत्रका लागि नियम ७ को उपनियम (१) बमोजिमको दस्तुर सहित अनुसूची ३(क) बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनु पर्नेछ।